४ आश्विन २०८१, शुक्रबार

नेप्से परिसुचक १५ अंकले बढ्यो

प्रकाशित मिति :  7 January, 2021 3:34 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से १५.९१ अंकले वृद्धि भएको छ । बिहीबार कारोबारको सुरुवाती समयमा २२ सय पार गरेको नेप्से बजार बन्द हुने १५.९१ अंकले बढेर २१९४.४९ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसुचक भने ३.०८ अंकले बढेर ४२१.२२ अंकमा पुगेर रोकिएको छ ।

नेप्समा अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी २ उपसमुहको सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

बिहीबार कुल २ सय ८ वटा कम्पनीको १ करोड १७ लाख २ सय ७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८४ करोड ५१ लाख ७९ हजार ५ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !