५ आश्विन २०८१, शनिबार

सुर्खेतमा रिर्जभका लागि गएको बस दुर्घटना, थप विवरण आउँन बाँकी

प्रकाशित मिति :  7 January, 2021 3:58 pm


सुर्खेत । सुर्खेतमा रिर्जभका लागि गएको बस दुर्घटना भएको छ ।

रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हो । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।

उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको छ । छिन्चु(जाजरकोट सडक खण्डमा भएको दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेको वडाध्यक्ष भट्टराईले बताए । बस नम्बर खुलेको छैन् भने घाइते, मृत्यु र वेपत्ताको समेत पहिचान खुलेको छैन् ।



प्रतिक्रिया दिनुहोस !