४ आश्विन २०८१, शुक्रबार

पछि हटे अमेरिकी राष्ट्रपति ट्रम्प, सत्ता हस्तान्तरणमा बाइडनलाई सघाउने प्रतिबद्धता

प्रकाशित मिति :  7 January, 2021 4:26 pm


काठमाडौ ।

चार जनाको ज्यान जानेगरि भएको हिंसात्मक घटनाकाबीच जो बाइडनलाई राष्ट्रपतिमा निर्वाचित भएको संसदले प्रमाणीकरण गरेपछि वर्तमान राष्ट्रपतिपति डोनाल्ड ट्रम्पले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हिंसात्मक घटनाबाट चौतर्फी आलोचना खेपेका राष्ट्रपति ट्रम्पले सदनबाट प्रमाणीकरण गरिएका राष्ट्रपति जो बाइडनको प्रक्रियागत सत्ता संक्रमणमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नोभेम्बरमा सम्पन्न मतदानबाट निर्वाचित भइ राष्ट्रपतिको पदभार जनवरी २०मा सम्हाल्ने औपचारिक समारोह अनुरूप सो सत्ता हस्तान्तरणको कार्यक्रममा सघाउने प्रतिबद्धता ट्रम्पले व्यक्त गरेका हुन ।

तर निर्वाचनमा आफ्नो हार नभएको र निर्वाचनमा धाँधली भएको भन्दै ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन । आफ्नो प्रवक्ताको टिवटर अकाउन्ट उपयोग गरी ट्रम्पले यस्तो जनाएका हुन ।

ट्रम्पले भनेका छन “ यद्यपि म निर्वाचन परिणामप्रति पूर्णरूपले असहमत छु तर तथ्यले मलाई बाहिरन लगाएको छ ।त्यसैले जनवरी २०मा हुने प्रक्रियागत सत्ता संक्रमण समारोह हुने छ ।”

अस्थायीरूपमा टिवटरले उनको अकाउन्ट रोकेका लागि आफ्ना प्रवक्ताको अकाउन्ट प्रयोग गरी उनले यस्तो जनाएका हुन । “मैले सदैव मैले मात्र वैधानिक मत गणनाको प्रयोग गरी हाम्रा लडाइँ सुनिश्चित गर्नुपर्ने भनेको छु । राष्ट्रपतिय इतिहासमा पहिलो महान पदावधि सकेको यसले दर्शाउँछ र यो अमेरिकालाई फेरि महान बनाउने हाम्रो अभियानको यो शुरूवात हो ” उनले भने ।

ट्रम्पको चुनाव अभियानले नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भनी ६० भन्दा बढी कानुनी मुद्दा दायर गरिएपनि सबै असफल भएको थियो ।
निर्वाचन परिणाम अनुसार हार स्वीकार नगर्ने ट्रम्पले जनवरी ६मा आफ्ना समर्थकहरूलाई विरोध प्रदर्शन गर्नअनुमति दिन लगाएका थिए ।

जनवरी६मा अमेकिाकी संसदमा अमेरिकाको इलेक्ट्रोरल कलेजको मत गणनालाई प्रमाणीकरण गर्ने दिनमा ट्रम्पले अनुमति दिएको भीडले संसद भवन कब्जा गरेका थिए । त्यसक्रममा चार जनाको ज्यान गएको छन भने दर्जनौ पक्राउ परेका छन् ।

कब्जा गर्नेहरूलाई निकालिए पछि बाइडनलाई राष्ट्रपति पदभार सम्हाल्नका लागि संसदीय कारबाहीबाट निर्वाचित भएको पुष्टि गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !