भारतमा किसान आन्दोलनको ४३ औं दिनः ११ किलोमिटर लामो ट्रयाक्टर याली निकालियो
प्रकाशित मिति : 7 January, 2021 5:44 pm
काठमाडौं ।
भारतमा जारी किसान आन्दोलनको ४३ दिन पुरा भएको छ । लाखौं किसान सम्मिलित बिहीबारको आन्दोलनका क्रममा ट्रयाक्टर र्याली निकालिएको छ ।
सुक्रबार सरकारसँग किसानको ९ औं चरणको वार्ता रहेको छ । वार्ताको पूर्वसन्ध्यामा निकालिएको ट्रयाक्टर ¥याली करिव ११ किलोमिटरसम्म लामो रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
किसान ऐनको शंसोधनको विरोधमा दिल्लीका सीमावर्ती राज्यहरुको सीमा क्षेत्रमा किसानहरु धर्ना दिएर बसिरहेका छन् । कुंडली सीमामा मात्र सुरुको दिनमा १५ हजार किसान रहेकोमा हाल ७० हजार पुगेका छन् भने सबै सीमा क्षेत्रमा किसानको संख्या दिनहुँ बढ्दो छ ।