४ आश्विन २०८१, शुक्रबार

जापानमा फेरी संकटकाल घोषणा

प्रकाशित मिति :  8 January, 2021 2:42 pm


काठमाडौं । पछिल्ला दिनहरुमा फेरी जापानमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँका प्रधानमन्त्री योशिहेडे सुगाले राजधानी टोकियो र त्यस आसपासका क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । आजबाट लागू हुने गरी जारी गरेको संकटकाल फेब्रुअरी ७ सम्म जारी रहने जनाइएको छ ।

बढ्दै गरेको कोभिड १९ को रोकथामका लागि टोकियो सहित चिवा, साइता र कानागावामा संकटकाल घोषणा गरिएको छ । सरकारी कामकाज पनि घरबाटै गर्ने वातावारण मिलाउने त्यहाँको सरकारले बताएको छ । रेष्ट्रेन्टहरुलाई राति ७ बजेपछि रक्सी जस्ता पेय पदार्थ नबेच्न आग्रह गरेको छ ।

बिहीवारमात्र टोकियोमा २ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।



प्रतिक्रिया दिनुहोस !