२१ आश्विन २०८१, सोमबार

सदूरपश्चिम सभामा ओलीको भाषण, ‘यत्रो ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन’

प्रकाशित मिति :  8 January, 2021 4:35 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सुदूरपश्चिममा शक्ति प्रर्दशन गरेको छ । पार्टी विभाजनपछि पहिलो पटक उपत्यका बाहिर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा भएको सभालाई सम्बोधन गरेका छन् ।

पार्टी विभाजनपछिको असर सुदूरपश्चिमा समेत तिब्र परेको छ । प्रधानमन्त्री ओली धनगढी पुग्दा प्रचण्ड नेपाल समूहमा रहेका मुख्या मन्त्री त्रिलोचन भट्टसहित कुनैपनि मन्त्री स्वागत गर्न गएनन् । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु प्रधानमन्त्रीको स्वागतमा नगएपछि संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको संस्कार हराएको टिप्पणी गरे ।

धनगढीस्थित खुुला मञ्चमा नेकपा ओली समूह सुदूरपश्चिमले आयोजना गरेको जनसभामा बोल्दै उनले देशको प्रधानमन्त्री आउँदा पनि स्वागत गर्न नआएको भन्दै मुख्यमन्त्रीविरुद्ध रोष व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीको टिप्पणी:

उनले आक्रोश व्यक्त गर्दै भने,”२ पटक चुनावमा हारेको बाहुनको छोरोलाई प्रधानमन्त्रीसामु बिन्ती गरेर टिकट दिलाए। गाउँगाउँमा उसकै लागि भोट मागे तर आज त्यहि मान्छेको संस्कार हरायो,आज देशको प्रधानमन्त्री आउँदा स्वागत गर्न नसक्नेले शिष्टाचार बिर्सियो। अब उनका दिन सकिए।”

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहले बहुमत सांसद भएको दाबी गर्नु मुर्खता भएको टिप्पणी गरे । उनले भने,”सांसदको बहुमतप्रति टिप्पणी गर्दै भने ‘के रे २६५ जना उता छन् रे। यत्रो ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन, उहाँहरुले देशभरीमा १० वटा सिट ल्याएर देखाउन।”

आफूलाई गणतन्त्र र संघीयताविरोधी भनेको आरोपको खण्डन गर्दै आफू गणतन्त्रका लागि ५० वर्ष अधि नै १४ वर्ष जेल बसेको बताए । अहिले देशमा अलिकति संकटको अवस्था देखिएको र आफूलाई गणतन्त्र विरोधीका रुपमा चित्रण गर्दै देशबाट गणतन्त्र र संघीयता जाने भयो भन्नेजस्ता कुरा उठेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भने,”अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ। गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन् । ५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो ? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ।’

प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दी विरुद्धको आफ्नो लडाइमा जनताले साथ दिएका कारण चीनसँग नयाँ नाका र सडकमार्ग खोल्न सकिएको बताए।

उनले भने “भारतले लगाएको नाकाबन्दीको विरुद्ध लडेँ, तपाईँहरुले साथ दिनुभयो। तीनतिर बाटो खोल्यौं, नाका खोल्यौं,अहिले मुस्ताङबाट जाने नाका खोल्दैछौं।हुम्लाको सदरमुकाम सिमिकोटमा आगामी आर्थिक वर्षभित्र बाटो पुर्याउँछौं।”

प्रधानमन्त्री ओलीले आफूले आफूले भारतीले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको बताउँदै नयाँ नक्सा सार्वजनिक गर्दा केही व्यक्तिमा भने छट्पट भएको समेत दाबी गरे ।

उनले भने,”भारतले हडपेको भूमि समेटेर नक्सा जारी गर्दा हाम्रै केी नेताहरुलाई छटपटी भयो, अहिले राष्ट्रिय राजनीतिमा आएको हलचल क्सा छापेको कारण हो,नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु, पद पाएका बेला खुशी हुनेहरु विरुद्धमा लागे।”



प्रतिक्रिया दिनुहोस !