२ माघ २०८१, बुधबार

घर फर्कने दिन नै पोर्चुगलमा बझाङका एक युवकद्धारा आत्महत्या

प्रकाशित मिति :  8 January, 2021 5:24 pm


पोर्चुगल। बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आजै नेपाल जाने तयारीमा थिए ।

फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगलको प्रहरीले जनाएको छ ।

यसैबीच कोरोनाका कारण सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन पुगेको छ । रासस



प्रतिक्रिया दिनुहोस !