२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्,‘पूर्व प्रधानन्यायाधीसहरूको धारणा न्यायापालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप’

प्रकाशित मिति :  9 January, 2021 8:25 am


काठमाडौं । पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटन असंवैधानिक रहेको भन्दै धारणा सार्वजनिक भएपछि बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा रहेकाले समर्थन गरेका छन् भने विघटनको पक्षमा रहेकाले अदालतमा विचारधिन मुद्धा प्रभावित पार्न खोजेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशहरूको धारणा न्यायापालिकासम्बन्धी व्यवस्थाको बर्खिलापको कार्य भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन्, “चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ । यसले अदालतलाई प्रभावित गर्ने र भिंडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।”

सल्लाहकार थापाले ” रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले गरिरहेको सुनुवाईलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णत गलत छ” भनेका छन् ।

उनले भनेका छन्,”कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिबृद्दि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला १ सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमो पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र र ?

उनले संसारभरि अवकाशप्राप्त जजले फैसला सुनाउन खाजेको यस्तो सायद कहींकतै देखिन्छ कि ? भनेर प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !