२१ आश्विन २०८१, सोमबार

विभाजित नेकपामा तेस्रो धारपनि जन्मियो, बामदेव बने ‘नेकपा एकता राष्ट्रिय अभियान’का संयोजक

प्रकाशित मिति :  9 January, 2021 9:31 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि उपाध्यक्ष बामदेव गौतम एकता राष्ट्रिय अभियानको संयोजक बनेका छन् ।

उनले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजकको हैसियतले आज अपिल जारी गर्दै भनेका छन्,“नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस्।”

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि उपाध्यक्ष गौतम दुबै पक्षमा लागेका छैनन् । विभाजित नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरेका छन् । अहिले दुबै समूह देशव्यापी अभियानमा लागेका छन् । दलबारे आधिकारिकता निर्वाचन आयोगमा र प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ । दुबै समूहमा नलागेका गौतमले एकता अभियान सुरु गरेका छन् ।

आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको भन्दै संयोजक गौतमले योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा विकसति जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ती हुने छैन । तर सरकार संचालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पिडादायी भएको छ ।”

संयोजक गौतमले नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेकपा , राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक भनेका छन् ।

उनले भनेका छन्,“हामी सबैलाई थाहा हुनुपर्छ, चार दशक देखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश बर्ष सम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका विच भएको एकिकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो । राष्ट्रिय राजनीतिमा महत्वपुर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको विचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो । तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानूनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने देखिदैन ।”

उनले आफ्नो अपिलमा थप भनेका छन्,“सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो । तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो । पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै    थियो । यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दूर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ ।”

पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था भएको संयोजक गौतमको भनाई छ ।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको धु्रवीकरणमा बितेको भन्दै संयोजक गौतमले पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होन परेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुर्नएकिकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्र्ने नेपाली जनताले कहिल्यै माफि दिने छैनन् ।”

संयोजक गौतमले कुनै पनि समूहका नेतालाई गालीगलौजको शैलीमा विरोध नगर्न आग्रह गरेका छन् । उनले घरमा आउने नेता कार्यकर्तालाई आफूसक्दो सहयोग गर्न भनेका छन् ।

उनले भनेका छन्, “सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् । कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।”



प्रतिक्रिया दिनुहोस !