२१ आश्विन २०८१, सोमबार

संसदीय राजनीतिमा प्रचण्ड असफल भएको गृहमन्त्री थापाको निष्कर्ष, सम्झिए विप्लवलाई

प्रकाशित मिति :  9 January, 2021 2:19 pm


फाईल फोटो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले संसदीय राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल भएको निष्कर्ष निकालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि ओली समूहमा लागेपछि पूर्वमाओवादी पक्षबाट आलोचना खेपेका बादलले संसदीय राजनीतिमा प्रचण्ड असफल भएकाले अब पछि लाग्न आवश्यक नभएको आफू निकट नेता कार्यकर्तासँग सुनाउने गरेका छन् ।

पछिल्लो समय पूर्वमाओवादी लडाकूहरुसँगको छलफल गरिरहेका बादलले अब संसदीय राजनीतिमै रहने हो भने प्रचण्डको पछि लाग्न आवश्यक नभएको बताउने गरेका छन् ।

भेटमा सहभागि एक पूर्वमाओवादी लडाकूले भने, “विगतमा क्रान्तिको बेला प्रचण्ड सफलै हुन् तर उनी संसदीय व्यवस्थामा असफल भइसके भन्ने उहाँको भनाई थियो । उहाँले कि अब विप्लवजी जस्तो गरेर जान पर्‍यो त्यो सनि अब सही छैन  अहिलेको जस्तै संसदीय राजनीतिमा लाग्ने हो भने प्रचण्डको पछि लागेर फाइदा छैन भन्नुभयो ।”

संसदीय राजनीतिमा ओली नै सफल देखिएको बादलले सुनाउने गरेका छन् । पछिल्लो समय आफ्ना सहकर्मीलेपनि साथ छोडेपछि बादल नयाँ समूह बनाउन कसरत गर्न गरिरहेका छन् । बादल बैद्य नेतृत्वमा तत्कालिन माओवादी फुट्दा प्रचण्डको साथ छोडेका थिए भने पछि फर्किएका थिए । अहिले फेरि ओली समूहमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस !