५ आश्विन २०८१, शनिबार

यस्तो रहने छ तीन दिनसम्मको मौसमी अवस्था

प्रकाशित मिति :  10 January, 2021 8:02 am


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

आगामी तीन दिनसम्मको मौसमबारेको अनुमान सार्वजनिक गर्दै उल्लेखनीय मौसमी प्रणाली नरहेको र हाल देशका केहि भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

महाशाखाले देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 पौष  गते (आइतबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष  गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !