४ आश्विन २०८१, शुक्रबार

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति :  10 January, 2021 12:31 pm


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैपटक ठूलो अङ्कले ह्रास आएको छ ।

सुनको मूल्यमा प्रतितोला २,३०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ । प्रतितोला ९५,३०० मा शुक्रबार कारोबार भएको छापावाला सुन आज प्रतितोला २,३०० रुपैयाँले ओरालो लागेर ९३,००० रुपैयाँ कायम भएको हो ।

तजाबी सुन आजका लागि प्रतितोला ९२,५०० रुपैयाँ तोकिएको छ । प्रतितोला ९४,८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज २,३०० ले नै ओरालो लागेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १,२७० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी प्रतितोला शुक्रबार १,३३० मा कारोवार भएको थियो । चाँदी तोलामा ६० रुपैयाँले घटेको हो ।



प्रतिक्रिया दिनुहोस !