२१ आश्विन २०८१, सोमबार

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्‍को निर्णय

प्रकाशित मिति :  10 January, 2021 12:52 pm


काठमाडौं । मन्त्रिपरिषद्‍को आकष्मिक बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्टपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको    छ ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने कारण राष्ट्रियसभाको अधिवेशन यही अन्त्य गर्ने निर्णय भएको भनिएको छ ।

राष्ट्रिय सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीको सम्बोधनपछि अधिवेशन अन्त्य हुने छ ।



प्रतिक्रिया दिनुहोस !