३ आश्विन २०८१, बिहिबार

गफ फिट्ने दिन गए ,अब मैदानमा निर्वाचनमा हेरौं : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  10 January, 2021 2:23 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब गफ गर्नुको साटो मैदानमा उत्रन आफ्ना विरोधीहरुलाई चुनौति दिएका छन् ।

राष्ट्रिय सभामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन घोषणा भइसकेको भन्दै अब काम भए नभएको जाँच त्यहीँ हुने उल्लेख गरे । उनले भने,”कुरा फिट्ने मित्रहरुलाई भन्न चाहन्छु । अब गफ फिट्ने दिन गए अब मैदानमा निर्वाचनमा हेरौं । उनले संविधानमा ५ वर्षमा मात्रै निर्वाचन हुन्छ भनेर कहीँपनि उल्लेख नभएको बताए । उनले तत्काल चुनावमा जान सकिने संविधानमा व्यवस्था भएको बताए ।”

चुनावमा जानु अस्थिरता नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले भने,” चुनाव हुनु अस्थिरता होईन बरु संविधान सही ढंगले कार्यान्वयन नहुनु अस्थिरता  हो । बाहिरी शक्तिको इशारा र देशका शक्तिहरु गोटी बन्न थाल्छन्, मुलुकलाई अस्थिरता र अस्वस्थतातर्फ थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई हटाउन खोजिन्छ त्यो अस्थिरता हो । अहिले चाहेरपनि कसैले प्रधानमन्त्री हटाउन सकेन यो स्थिरता र स्थायत्व हो ।”

कतिपयले निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई षडयन्त्र गरेर हट्नुपर्छ कि हट्नुपर्छ भनेको भन्दै आफ्ना पूर्व सहकर्मीको कडा आलोचना गरे । उनले भने “कतिपयले मैले नै दिएको अवसरलाई दुरुपयोग गरेर जस्तो कि सिंह बनायो आफैलाई झम्टने ?”

उनले पूर्वप्रधानन्यायधीसहरुले दिएको अविव्यक्तिबारेपनि आपत्ति जनाए । केही समय अदालतमा जागिर खानेवित्तिकै सबै जानेजस्तो गरेको पूर्वप्रधानन्यायाधीसहरुमाथी ओलीको टिप्पणी थियो । उनले भने,” अदालतमा केही दिन जागिर खाने वित्तिकै, उहाँहरुले कस्तो न्याय दिनुभएछ भन्ने अचम्म लाग्छ ।”

प्रधानमन्त्री ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताए ।  प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताउँदै उनले भने,”म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु,सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो।”

उनले भू-भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाए ।



प्रतिक्रिया दिनुहोस !