३ आश्विन २०८१, बिहिबार

प्रतिनिधिसभा विघटन कार्य अलोकतान्त्रिक र निन्दनीय : पाण्डे र पहाडी

प्रकाशित मिति :  10 January, 2021 4:11 pm


काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद प्रधानमन्त्रीबबाट हालै भएको प्रतिनिधिसभा विघटन कार्य अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन् । आइतबार पाण्डे र पहाडीले संयुक्त विज्ञप्ती जारी गर्दै अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंबैधानिक, जनआकांक्षा बिरोधी र मुलुकको हित बिपरीत भएको बताए ।

प्रधानमन्त्री ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको बताउँदै पाण्डे र पहाडीले भने ‘आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ ।’

नागरिकमा बढ्दै गएको बितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरुले बिगतमा गरेका गल्तिहरु प्रति क्षमा याचना गर्न जोड दिएका छन् । साथै उनिहरुले भबिष्यमा त्यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धता सहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सवल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्तिहरु एकजुट हुन विज्ञप्तीमार्फत आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !