४ आश्विन २०८१, शुक्रबार

साताको पहिलो दिन ४१ अंकले बढेर नेप्सेले फेरी अर्को रेकर्ड बनायो

प्रकाशित मिति :  10 January, 2021 4:39 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साताको कारोबारको पहिलो दिन नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसुचक बजार खुलेको सुरुवाती समयदेखि नै उकालो लागेको हो । आइतबार नेप्से ४१.४२ अंकले बढेर २२३५.७२ अंकमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसुचक ७.२१ अंकले बढेर ४२८.४३ अंकमा पुगेर रोकिएको छ ।

नेप्से १२ उपसमूहमध्ये ११ वटा उपसमुह बढेका छन् भने एउटा उपसमुह मात्रै घटेको छ । विकास बैंक समूह सर्वाधिक ८८.४५ अंकले उकालो लागेको छ। व्यापार समूह ७८.०३ अंकले बढेको आज बैंकिङ समूहमा ५९.६१ अंक, होटेल्स् समूहमा २०.५४ अंक, जलविद्युत् समूहमा १६.६५ अंक, वित्त समूहमा १९.२१ अंक, निर्जीवन बीमा समूहमा ३९.०८ अंक, उत्पादन तथा प्रशोधन समूहमा २५.९७ अंक, लघुवित्त समूहमा २१.८ अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ । त्यस्तै आज निर्जीवन बीमा समूह १७.१६ अंकले ओरालो लागेको छ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४० करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

नेप्सेमा आज कुल २ सय ७ वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !