३ आश्विन २०८१, बिहिबार

चार वटा बैठक बसेर राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

प्रकाशित मिति :  10 January, 2021 5:33 pm


काठमाडौं । राष्ट्रिय सभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको जानकारी गराए ।

चालु अधिवेशनको १० दिनमा चार बैठक मात्रै बस्यो । बैठकमा सात अध्यादेश पेश भयो भने नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको थियो । थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

आज बसेको अन्तिम बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए भने ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गरेका थिए । त्यस्तै विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभासमक्ष पेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !