५ आश्विन २०८१, शनिबार

माघे सक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशमा २ दिन सार्वजनिक विदा

प्रकाशित मिति :  10 January, 2021 9:08 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघे सक्रान्तिको अवसरमा प्रदेशभित्र २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गरेर माघे सक्रान्ति पर्वको अवसरमा दुई दिन विदा दिने निर्णय भएको जानकारी दिएको हो । प्रदेश सरकारले गत बैशाख १० गतेको निर्णय अनुसार वैशाख १७ गते लुम्बिनी प्रदेशमा थप सार्वजनिक एवं पर्व विदा सम्बन्धि सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

मन्त्रालयको सूचनामा भनिएको छ,” सोही बमोजिम माघी माघे सक्रान्ति पर्वका अवसरमा वि.सं. २०७७ माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सबैको लागि अनुरोध छ ।”

संघीय सरकारले माघ १ गते देशभर सार्वजनिक विदा दिने आज निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !