५ आश्विन २०८१, शनिबार

अहिले मुलुकका लागि निर्वाचन आवश्यकता होइन : पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती

प्रकाशित मिति :  11 January, 2021 2:13 pm


काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त  निलकण्ठ उप्रेतीले अहिले मुलुकका लागि निर्वाचन आवश्यकता नै नभएको बताएका छन् । लुम्बिनी सञ्चारसँगको कुराकानीमा पूर्वप्रमुख आयुक्त उप्रतीले अप्रत्याशित र आवश्कता महसुस् नभएको निर्वाचन घोषणा ठिक नभएको बताए ।

उनले भने,“ यो अप्रत्याशित रुपमा थाहा नपाउने र आशै नगरेको अथवा आवश्यकता महसुस नभएको जनताको आवश्यकता महसुस नभएको बेलामा, मतदाताका लागि अहिले निर्वाचन महसुस भएको हुँदै होईन ।”

५ वर्षका लागि सरकारले जनता बनाएका भन्दै कारोनाको महामारीका बेला चुनावको परिकल्पना गर्नु गलत भएको उनको भनाई थियो । उद्योगधन्दा,व्यापार समेत पूर्ण रुपमा सञ्चालन हुनससकेको र कैयौं व्यक्तिहरुको दैनिकी सञ्चालन गर्नका लागि चाही काम गर्न नपाउने अवस्थाको स्मरण गर्न उनले सरकारलाई सुझाव दिए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने,“हिँडडुलपनि सहज छैन । हामी बोल्दापनि यसरी मास्क लगाएर टाढा बसेर बोल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा निर्वाचनको परिकल्पना गर्न खोज्नु चाहीँ गलत हो भन्छु म ।”

निर्वाचन खर्चिलो बन्दै गएको भन्दै विगतको अनुभव हेर्दापनि कम्तिमा २५ अर्ब रुपैयाँ मुलुकका लागि चुनावी भार पर्ने उप्रेतीको भनाई थियो ।

यतिबेला जनताको स्वास्थ्य प्राथमिकता पर्नुपर्ने भन्दै उनले भने ,“ कोरोनाको बेला निर्वाचन किन ? अहिले के प्राथमिकता हो त ? जनताको स्वास्थ्य प्राथमिकतामा हो कि ? दैनिकी सञ्चालनको कुरा प्राथमिकतामा हो कि ? अब निर्वाचन प्राथमिकता हो ? भन्दा निर्वाचन अवश्यपनि प्रथामिकताको विषय होईन ।”

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले यसरी मनलाग्दी निर्वाचन घोषणा गर्दा गणतन्त्र खर्चिलो पर्ने र व्यवस्थाप्रति नै असन्तुष्टि सिर्जन हुन सक्ने भन्दै सचेत गराए ।

उप्रेतीले निर्वाचन प्रणालीबारे हेरफेर गर्नुपर्नेमा समेत जोड दिए । विगतमा चुनावको झण्डै देखिने नदेखिने गरे १ खर्ब रुपैयाँ भन्दा बढी परिचालन हुने गरेको भन्दै उनले भने, यस्तो लोकतन्त्र मुलुकले धान्न सक्दैन, यसका लागि निर्वाचन प्रणालीबारे विचार गर्नुपर्छ र असामयिक निर्वाचनबारेपनि विचार गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !