२१ आश्विन २०८१, सोमबार

ओली नेतृत्व सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प : अध्यक्ष थापा

प्रकाशित मिति :  11 January, 2021 4:00 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचनको पक्षमा देखिएको छ । प्रतिनिधि सभा विघटनको विरोध गरेपछि राप्रपा निर्वाचनको पक्षमा देखिएको हो ।

अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताउँदै चुनावको पक्षमा देखिएका हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थपाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधि सभाविघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको र अब उपयुक्त विकल्प चुनाव भएको बताए ।

उनले भने,”प्रतिनिधिसभा विघटनसम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता छ,संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिएको छ, त्यसैले अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्छ ।”

गोरखा संग्रहालयमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह समेत गरेका छन । उनले भने “म विशेष गरी केपी ओलीलाई आग्रह गर्न चाहन्छु, यदी तपाईं इमान्दार राष्ट्रवादी हो भने पृथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गर्नुस् ।”  राप्रपाले नेपालमा राजसंस्थाको वकालत गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस !