३ आश्विन २०८१, बिहिबार

भारतसँग गहिरो सम्बन्ध : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  11 January, 2021 6:13 pm


काठमाडौ । परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीको भारत भ्रमण हुन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध गहिरो बनाउन काम गरिरहेको बताएका  छन् ।

ओलीले भने “ हामीले भारतसँग गहिरो सम्बन्ध बनाउन चाहेका र्छौ । हामीले भारतसँगका वास्तविक विषयहरूलाई उठाउन हच्किन पर्दैन ।”

जनवरी १४ मा भारतको भ्रमणमा जाने परराष्ट्र मन्त्री ज्ञावालीले नयाँ नक्सासँग जोडिएको विषयमा छलफल गर्ने ओलीले बताएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नजिकको टेलिभिजनको रूपमा चिनिएको जी टेलिभिजनले उल्लेख गरेको छ ।

भारतका तर्फबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण पछि परराष्ट्र मन्त्री ज्ञावालीको भारत भ्रमण हुन लागेको समाचारमा उल्लेख छ ।

भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले नोभेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री र अन्य शीर्ष राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए ।

जी टेलिभिजनमा सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्ता प्रशारण हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !