४ आश्विन २०८१, शुक्रबार

चन्द्रागिरी हिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  12 January, 2021 8:19 am


काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने समय आज सकिदैछ ।

चन्द्रगिरीले पुस २४ गतेदेखि सर्वसाधारणका लागि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि छुट्टाएर बाँकी बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको आईपीओमा १५ गुणा बढी आवेदन परिसकेको छ।



प्रतिक्रिया दिनुहोस !