३ आश्विन २०८१, बिहिबार

ओली प्रतिगमनलाई मत्थर गर्न प्रायोजित पगरी गुथाइनेछ : बाबुराम भट्टराई

प्रकाशित मिति :  12 January, 2021 8:31 am


काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन मथ्थर गर्न विभिन्न प्रायोजित पगरी गुथाइने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा ओलीप्रति आज टिप्पणी गर्दै भट्टराईले २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइने दाबी गरेका हुन् ।

उनले भनेका छन्, “ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततस् स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ।”

यो गुथरीले नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ उनको दाबी छ । उनले भनेका छन्,”नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया !”



प्रतिक्रिया दिनुहोस !