४ आश्विन २०८१, शुक्रबार

लगातार ओरालो लागेको सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  12 January, 2021 1:09 pm


काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ ।

प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६ सय रुपैयाँले वृद्धि भएर ९२,८०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२,३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१, ७०० मा तेजाबी सुन सोमबार कारोबार भएको थियो ।

यस्तै चाँदीमा आज तोलामा २० रुपैयाँले वृद्धि भएको छ । १,२३० मा सोमबार कारोबार भएको चाँदी आज १,२५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !