५ आश्विन २०८१, शनिबार

नागरिक सचेत बनाउदै दाङ प्रहरी

प्रकाशित मिति :  12 January, 2021 1:26 pm


दाङ । दाङ प्रहरीले समाजमा हुने बिभिन्न प्रकृतीका अपराध तथा बिकृती रोकथाम तथा न्यूनिकरणको लागी सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।

पुष महिनामा दाङ प्रहरीले १२० स्थानमा सचेना मुलक कार्यक्रम सञ्चालन गरेको हो । समाजमा बिद्यमान बाल बिबाह, जातीय छुवाछुत, सवारी दुर्घटना, साईबर अपराध, लागु औषध दुर्ब्यसन, लैंगिक हिंसा, यौनजन्य दुव्र्यवहार लगायतका अपराध रोकथाम सम्बन्धि कार्यक्रम गरेको छ ।

जसअन्तर्गत स्थानीय निकाय, बिद्यालय तथा बिभिन्न संघ संस्थाहरु संग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको हो । हाल महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथामको लागी समेत मास्क खोई ? अभियान संचालन गरेको छ ।

हिउँदका महिनाहरुमा शितलहर तथा बाक्लो कुहिरोका कारण सृजना हुन सक्ने विपदहरु जस्तै बाक्लो कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने, शितलहर अत्याधिक चिसो बढ्न गई कठाङ्ग्रीएर ज्यान जान सक्ने जोखिमबाट जनजीवनमा प्रभाव पर्ने र धनजनको क्षती हुन सक्ने सम्भावना रहेको भन्दै यसको जोखिमबाट आम नागरिकलाई बचाउनको लागी प्रहरीद्वारा नागरिकहरुलाई सचेतना दिने उदेश्यले शितलहर जोखिम न्यूनिकरण अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिगतका दिनहरुमा आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान, बाल बिबाह रोकथाम अभियान, लैंगिक हिंसा बिरुद्धको प्रहरी अभियान बिशेष रुपमा संचालन गरि सकेको छ भने हाल सवारी साधन तथा सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्ब्यबहार नियन्त्रण र कारबाही अभियान र जातीय छुवाछुत तथा बाल बिबाह रोकथाम र नियन्त्रण सम्बन्धी ३ महिने अभियान निरन्तर रुपमा सञ्चालन भई रहेको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रणको लागि सार्वजनिक सवारी साधनहरुमा सादा पोशाकमा प्रहरी कर्मचारी खटाएको छ । कुनै पनि सवारी साधनमा यौनजन्य दुर्व्यवहार भए प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !