५ आश्विन २०८१, शनिबार

फेसबुकमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा  आरआर क्याम्पसका एक प्राध्यापक पक्राउ

प्रकाशित मिति :  12 January, 2021 2:11 pm


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा  काठमाडौंको  रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई हिजो पक्राउ गरेको हो।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेकाले आचार्यलाई पक्राउ गरेको बताए ।

विद्यार्थीले दुई दिनअघि परिसरमा दिएको उजुरी दिएका आधारमा उनलाई क्याम्पस बाहिरबाट पक्राउ गरेको प्रहरीले सिंहले जनाएको छ।

उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस !