४ आश्विन २०८१, शुक्रबार

सिभिल माइक्रोफाइनान्सद्धारा लाभाशं घोषणा

प्रकाशित मिति :  12 January, 2021 2:33 pm


काठमाडौं । सिभिल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको २०७६।०७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । हिजो पुस २७ गते सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ३.६८ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

कम्पनीका सेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभाशं नेपाल राष्ट्रबैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !