४ आश्विन २०८१, शुक्रबार

सेयरबजारमा लगानी गर्ने सोच राख्नुभएको छ ? यसरी गर्नुहोस् लगानी

प्रकाशित मिति :  12 January, 2021 3:49 pm


काठमाडाैं । अहिले नेपाली सेयरबजारमा लगानी गर्नेको आकर्षण बढ्दो छ । यदी तपाई सेयरमा लगानी गर्न चाहानुहुन्छ भने नयाँ लगानी कर्ता हुनुहुन्छ भने पहिलै ठूलो सपना नदेख्नुहोस् थोरै लगानीबाट सुरु गर्नुहोस्, आफै अध्ययन गर्नुहोस् कसैले भनेको भरमा नलाग्नुहोस् । सबैभन्दा पहिला आईपीओ साधारण सेयरबाट सु्रु गर्नुहोस्
साधारण सेयर
साधारण सेयरको लागि सबैभन्दा पहिला डिम्याट खाता अनिवार्य खोल्नुहोस् सि–आस्वा को लागि मेरो सेयर खाता खोल्नुहोस् त्यसपछि तपाईको खाता भएका बैंकमा गएर सिआएन नम्बर लिनुहोस् ।

थोरै रकमबाट पनि तपाईले साधारण सेयर अर्थात आइपिओ भर्नलाई बैंक खातामा कम्तिमा एक हजार रुपैया हुनुपर्नेछ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ ।

आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । अहिले बैंकमा गएर अथवा मोबाइलबाट नै सेयर भर्न सकिन्छ ।

आवेदन गरेको शेयरको बाँडफाँट निष्कासित सेयरको आधारमा ४० देखि ७० दिन लाग्छ । शेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति सेयर पाए भन्ने यकिन हुन्छ ।

दोस्रो सेयर बजार
सूचीकृत कम्पनीको सेयर मोलमोलाई गरी किनबेच हुने बजारलाई नै दोश्रो बजार (धितोपत्र बजार) भनिन्छ । यो प्राथमिक बजारभन्दा बिल्कुलै फरक हुन्छ । प्राथमिक बजारमा किन्न मात्रै सकिन्छ भने दोश्रो बजारमा किन्न र बेच्न दुबै सकिन्छ ।

प्राथमिक बजारमा सेयरको मूल्य स्थीर हुन्छ भने दोश्रो बजारमा कारोबार हुने कुनै पनि कम्पनीको सेयर मूल्य अस्थिर अर्थात घटबढ भइरहन्छ । त्यसैले यो बजार बढी जोखिमपूर्ण हुन्छ ।

दोश्रो बजारको महत्वपूर्ण अंगको रुपमा धितोपत्र बजार सहभागीहरु जस्तै बजार सञ्चालक नेप्से, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी, आश्वा सदस्य, निक्षेप सदस्य, क्रेडिट रेटिङ सेवा, सूचीकृत कम्पनी र सामूहिक लगानी कोष(म्युचअल फण्ड)हरु रहेका छन् ।

  • दोस्रो सेयर बजारमा लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु
    दोस्रो सेयर बजारमा लागानी गर्दा हल्लाको भरमा नगर्नुहोस् । अध्ययन गर्नुहोस् खरिद र विक्रिको सामान्य नियमलाई पालन गर्नुहोस् । आजका टप लगानीकर्ताहरुबाट सिक्ने कोसिस गर्नुहोस् ।
  • लगानी गरे पछि हुने गरे पछि हुने घाटा वा प्रतिफलको आधारमा आफूले छनोट गरेका कम्पनीको सेयरको विषयमा विश्लेषण गर्ने बानी बसाल्नुहोस् । कम्तिमा आधारभुत र प्राविधिक पक्षको विश्लेषण गरि लगानी गर्ने सैली राम्रो नाफा हुने सेयर खरिदको मुल मन्त्र हो ।
  • सबै पैसा एउटा कम्पनीको सेयरमा लगानी नगर्नुहोस् । उक्त कम्पनी डुबेमा सबै पैसा डुब्ने सम्भावना धेरै हुन्छ । त्यसैले छरेर लगानी गर्नुहोस् । जसले गर्दा एउटा कम्पनीको सेयरको मुल्य घट्दा अर्को कम्पनीको सेयरको मुल्य बढ्न सक्दछ । जसले गर्दा धेरै घाटा व्यहोर्नु पर्दैन ।
  • वारेन बफेट ले भने झै अरु डराएको बेला आफू लोभी हुनुहोस् । अरु लोभी भएको बेला आफू डराउनु होस् । अरु डराएको बेला किन्नु होस् र अरु लोभी भएको बेला बेच्नुहोस् ।
  • प्राविधिक विश्लेषण भन्दा बलवान आधारभूत विश्लेषण हुन्छ । यसैले प्राविधिक विश्लेणमा धेरै भर नपर्नुहोस् ।
  • सेयर बजारमा अर्थतन्त्रमा अधारित छ । अर्थतन्त्र सुधार भए बजार बढ्छ । अर्थतन्त्र खराब भए बजार घट्छ । त्यसैले प्रत्येक दिन पत्रपत्रिका पढ्नु उचित हुन्छ ।
  • नेप्से परिसुचक अंकमा भन्दा आफूले लगानी गरेको कम्पनीमा ध्यान दिनु होस् । नेप्से बढ्दैमा सबै कम्पनीको सेयर मुल्य बढ्छ भन्ने हुँदैन नेप्से घट्दैमा सबै कम्पनीको सेयर मुल्य घट्छ भन्ने हुँदैन ।
  • लगानी कर्ताको सबै भन्दा चिन्ता सावाँ बचाउनु मा हुन्छ । त्यसैले लगानी गर्नु पूर्वक सावाको सुरक्षा बारे सोच्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !