५ आश्विन २०८१, शनिबार

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो, सर्वोच्च अदालतद्धारा निर्देशनात्मक आदेश जारी

प्रकाशित मिति :  12 January, 2021 4:57 pm


काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

दुई दिन लगातार चलेको बहस पछि न्यायाधीसहरु तेज बहादुर के सी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले माग बमोजिम नहुने भन्दै निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ कार्यान्वयनको बाटो खुलेको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले फैसलाको प्रति प्राप्त नगरे पनि अदालतले माग बमोजिम नहुने आदेश जारी गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको बताएका छन् ।

तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेपछि अदालतमा मुद्दा दायर भएको थियो ।



प्रतिक्रिया दिनुहोस !