३ आश्विन २०८१, बिहिबार

ओली समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष थापा चढेको गाडीमा तोडफोड

प्रकाशित मिति :  12 January, 2021 5:10 pm


धनगढी ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ओली समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा प्रचण्ड-नेपाल समूहले तोडफोड गरेको छ ।

नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३– ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन।

उक्त समूह निकटका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले गाडीमा ढुंगामुढा गरेको ओली पक्षको आरोप छ । बैठक सकिएपछि प्रहरी स्कटिङमा जिल्लाबाट बाहिरिदै गरेका बेला केही युवाले अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए ।

तोडफोडमा संलग्न व्यक्तिको खोजी भइरहेको उपाध्यायको भनाई छ । उक्त समूहको खोजी भइरहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस !