५ आश्विन २०८१, शनिबार

रोल्पामा बालबिबाह गर्न लागेका बालबालिका र अभिभावक प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  13 January, 2021 8:46 am


रोल्पा । रोल्पामा बालबिबाह गर्न लागेका बालबालिका र अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाई छोडिदिएको छ ।

इलाका प्रहरी कार्यालय होलेरीले त्रिबेणी गाउँपालिका वडा नम्बर २ दहवनमा बालबिवाह रोकेको हो ।

एक हप्ते बालबिबाह,लैङ्गीक हिंसा र आत्महत्या न्यूनीकरण सम्वन्धी अभियानको थालनी गरेको पाँचौ दिन, गाउँगाउँ पुगेको ईलाका प्रहरी कार्यालय होलेरीको टोलीले बालबिबाह हुन लागेको थाह पाएपछि बालबालिका र अभिभाबकलाई समेत नियन्त्रणमा लिएर सम्झाइबुझाइ छोडिदिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

आफूहरुले दक्षिणी रोल्पाका विभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम गरिरहँदा दुर्गममा बालबिबाह र आत्महत्या न्यूनीकरणको शुरूवात गरेको केहि दिन नबित्दै अभियानकै क्रममा यस्तो घट्ना घट्नु चेतनाको अभाव भएको उनले बताए ।

अभियानका क्रममा स्थानीय नागरिकको घरदैलोमा पुगी बालबिबाह,लैङ्गीक हिंसा र आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक जानकारी दिने गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !