३ आश्विन २०८१, बिहिबार

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : कार्कीको ठाउँमा मल्ल

प्रकाशित मिति :  13 January, 2021 10:52 am


काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालतले आज नयाँ संवैधानिक इजलास बनाएको छ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास बनाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो । तर केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।

सोही विषयलाई लिएर प्रश्न उठेपछि न्यायाधीस कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि उनको ठाउँमा मल्ललाई ल्याईएको हो ।

मल्ल सर्वोच्चमा न्यायाधीश हुनुअघि तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्य बनेकी थिइन्। यी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक  मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद कहाँ सुनुवाइ हुने भन्ने आजै तय हुनेछ।

 



प्रतिक्रिया दिनुहोस !