५ आश्विन २०८१, शनिबार

काठमाडौंमा घुस दिने र लिने दुबै जना पक्राउ

प्रकाशित मिति :  13 January, 2021 12:48 pm


काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजु, काठमाडौंका कम्प्युटर अपरेटर राजन शर्मा घुस रकमसहित पक्राउ परेका छन् ।

टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३,००० रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील शर्मालाई पक्राउ गरेको हो ।

अख्तियारले घुस दिने थापालाई पनि पक्राउ गरेको छ । हिजो बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेका थापा र शर्मामाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !