४ आश्विन २०८१, शुक्रबार

ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतको वर्किङ भिसाको अवसर मिल्ने

प्रकाशित मिति :  13 January, 2021 3:02 pm


काठमाडौं ।  काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको उक्त कलेजले जनाएको छ ।

कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् ।

विद्यार्थीहरुले नेपालमा एक देखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले बताएको छ । बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजना अन्तर्गत स्नातकतहको पढाई गरिरहेकाहरुको लागि विशेष योजना ल्याएको र जसअन्तर्गत नेपालबाट ब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्ने अवसर पाउने उक्त कलेजको भनाई छ ।

हाल ब्रिटिस कलेज बेलायतको प्रख्यात मध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटीअफ वेष्टइंग्ल्याण्ड (युडब्लुई) तथा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु)को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ ।

युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागि वर्किङ भिसाको अनुमति पनि प्राप्त गर्नेछन् ।

दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । यदी वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर) प्राप्त गर्नेछन् ।

कोरोना महामारीकै कारण हाल बेलायत लगायत विश्वका अधिकांश देशमा रोजगारीको अवसर निकै कम भएको अवस्थामा केही वर्ष नेपालमा नै अध्ययन गरेर पुनः रोजगारीको पर्याप्त अवसर भएपछि विदेश जानु उत्तम हुने कलेजको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !