३ आश्विन २०८१, बिहिबार

विप्लव नेतृत्व नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासहित ४ जना पक्राउ

प्रकाशित मिति :  13 January, 2021 4:27 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बागमती गाउँपालिबाट बास्तोलासहित प्रकाश शाही, बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको गरेको स्रोतले जनाएको छ ।  बास्तोला पश्चिम कमाण्ड तथा विदेश विभाग इन्चार्ज समेत हुन् । नेकपा श्रोतलेपनि बास्तोला पक्राउ परेको पुष्टि गरेको छ ।

राजधानीमा लक्षित गरी विप्लव समूहले गतिविधि बढाइरहेको सूचनापछि प्रहरीले अप्रेसन सुरु गरेको प्रहरी उच्चस्रोतको भनाई छ ।

केही दिनदेखि उक्त क्षेत्रमा विप्लव नेतृत्व नेकपाका ताहरुको चहलपहल बढेको सूचनापछि प्रहरीले घेराबन्दी गरेर सर्च अप्रेसन गर्दा बास्तोलासहितका नेता पक्राउ परेको स्रोतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !