३ आश्विन २०८१, बिहिबार

प्रचण्डको टिप्पणी : केपी ओलीको जोकरपन पछाडि कोही लाग्ने छैन

प्रकाशित मिति :  13 January, 2021 5:01 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक जोकरपन देखाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले अहिले नौटंकी र राजनीतिक जोकरपन देखाईरहेको टिप्पणी गरेका हुन् ।

उनले भने,“ निर्वाचन आयोगलाईपनि र सर्वोच्च अदालतलाईपनि म भरोसा गर्न चाहन्छु । मैले सधै भनेको छु, हामीलाई भरोसा छ । केपी ओलीको नौटंकीको पछाडी, केपी ओलीले राजनीतिक जोकरपन देखाउँदै हुनुहुन्छ, त्यो जोकरपनको पछाडी कोही लाग्ने छैन ।”

उनले निर्वाचन आयोग र सार्वोच्चले सही फैसल गर्ने प्रचण्डको दाबी थियो । निर्वाचन अयोगले विधि विधान र नियमसँगत नै हुन्छ भनेको भन्दै उनले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफ्नो नै हुने बताए । यदि आफ्नो पक्षमा फैसला नभए आँधी हुरी ल्याउने चेतावनी दिए ।

उनले भने, “सबै हिसाबले नाम र चुनाव चिन्ह हाम्रो हुन्छ यदि त्यसा भएन भने यहाँ आँधी हुरी आउँछ । केपी ओलीले संवधान मिचेजस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि छुरा प्रहार गरेजस्तै संवैधानिक निकायले पनि त्यै गर्न थाले भने यो देश नेपाली जनता हेरेर बस्न सक्छन् ? सक्दैनन, यहाँ आँधी हुरी बतास आउँछ ।”

केपी ओलीले आफूहरुलाई भगौदा भनेको भन्दै आफूलाई बडो अनौठो लाग्ने गरेको बताए । उनले भने,“बडो अनौठो लाग्छ कहिलेकाही उहाँले एक ठाउँमा बोल्दा हामीलाई भगौडा भन्नुभएछ । अब सुन्नपनि कान थुन्नु के थुन्नु ! अब आँखाले देखिन्छ के आँखा छोप्नु ! लाजैमर्दो ! ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौदा अनि ३० प्रतिशत पनि नभएको चाहीँ आधिकारिक ? त्यो रैथाने ? यस्तो संसारमा कही हुन्छ केपी ओलीको दिमागबाहेक अन्त ?”

केपी ओलीलाई कुनै घिन लाज नभएको प्रचण्डको टिप्पणी थियो । निर्ममतापूर्वक,निरङ्कुश तरिकाले,तानाशाही रुपमा पार्टीलाई लात हानेर भाग्ने चाहीँ भगौडा नहुँने हामीले निर्णय अनुसार केन्द्रीय कमिटि बैठक बस्दाखेरी हामी नै भगौडा ? भन्दै प्रचण्डले प्रश्न गरे ।

उनले भने,“ यो अलिकति लाजघिन भन्ने त मान्छेको हुनपर्छ के ! मान्छेले लाजमान्ने ठाउँमा लाजपनि मान्नपर्छ रे ! डर मान्ने ठाउँमा डरपनि मान्नपर्छ,घिन मान्ने ठाउँमा घिनपनि मान्न पर्छ । निर्घिन भन्ने हुँन हुँदैन । हाम्रो केपी जि त पुरै निर्घिन ।”



प्रतिक्रिया दिनुहोस !