३ आश्विन २०८१, बिहिबार

निर्वाचन आयोगलाई ओलीको जवाफ : पार्टीको तर्फबाट प्रचण्डलाई आयोगमा पत्राचार गर्ने कुनै हकदैया छैन

प्रकाशित मिति :  13 January, 2021 6:55 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा यसअघि पठाएको विवरण आफू बाहेक अन्य कसैले अध्यावधिक गर्न नपाउने जिकिर गरेका छन् ।

निर्वाचन अयोगलाई आज पत्र पठाउँदै ओलीले निर्वाचन आयोगमा पत्रचार गर्ने सम्बन्धमा पार्टीको तर्फबाट द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार नदिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्र लेख्दै नेकपा विभाजन नभएको दाबी गरेका छन् । नेकपा विभाजन नभएको र आफू पहिलो अध्यक्ष भएको र आफ्नो निर्णय नै आधिकारिक हुँने दाबी गरेका हुन् ।

उनले अख्तियारी नदिएको अवस्थामा प्रमुख पदाधिकारीको हैसियतमा आफूले हस्ताक्षर गरेको व्यहोरा आयोगको अभिलेख अध्ययन गर्दा स्पष्ट हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “त्यसैले पार्टीको प्रथम अधयक्ष तथा प्रमुख पदाधिकारीको हैसियतले मैले पठाएको विवरण बाहेक पार्टीको तर्फबाट अन्य कोही कसैले कुनै विवरण पठाउने अधिकार छैन र यस्तो अनधिकृत  विवरण आयोगले अध्यावधिक गर्न मिल्दैन । ”

आयोगलाई लेखेको पत्रमा ओलीले पौष १० गते दाबी प्रकृतिको निवेदन दिई आफैले मिति २०७७ पौष २१ ग्ते दाबी नभएको भन्दै अर्को निवेदन दर्ता गरि सकेपछि अर्को पक्षले आयोगमा पठाएका भनिएका कुनैपनि पत्रहरुको औचित्य नभएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !