५ आश्विन २०८१, शनिबार

राष्ट्रपतिद्धारा माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना व्यक्त

प्रकाशित मिति :  14 January, 2021 8:49 am


काठमाडौं । राष्ट्रपति  विद्यादेवी भण्डारीले माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेको सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

यस चाडले नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक-सांस्कृतिक एकतालाई सुदृढ बनाउने उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, “यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र संवर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपाली बीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !