४ आश्विन २०८१, शुक्रबार

आक्रमक लगानीमा रिडी ग्रुप : पाँचतारे होटेल,बहुप्राविधिक महाविद्यालयदेखि साबुन उद्योगसम्मका योजना

प्रकाशित मिति :  14 January, 2021 9:15 am


काठमाडौं । रिडी आफ्नो लगानीलाई आक्रमक ढंगले अगाडि बढाएको छ । ग्रुपले शिक्षा, रिसोर्ट तथा होटेलमा आक्रमक लगानी सुरु गरेको हो ।

ग्रुपले धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिका-६ नाम्जेमा रिडी नाम्जे इको रिसोर्टको काम अगाडी बढाएको छ । इको रिसोर्टको लागि भवन समेत शिलान्यास गरिसकेको र उक्त रिसोर्टको ३० करोड अधिकृत पूँजी र चुक्ता पूँजी १० करोड रहेको अध्यक्ष मानबहादुर बुढाले जानकारी दिए ।

८ रोपनी भन्दा बढी जग्गामा बन्ने सो इको रिसोर्टले आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटनमा महत्वपुर्ण भूमिका खेल्ने अध्यक्ष बुढाको विश्वास छ । इको रिसोर्टमा ४ तले भवन सहित पौडी पोखरी, पार्किङ्ग, मनोरंजन पार्क, अत्याधुनिक ४५ वटा कोठाहरु हुनेछन भने सेमिनार हाल र ६० जना सम्म क्षमताको रेष्टुरेन्ट निर्माण हुने भन्दै अध्यक्ष बुढाले यस रिसोर्टलाई ग्रुपले स्वप्न परियोजनाको रुपमा अघि बढाएको बताए ।

यस्तै गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा २० विघा जग्गा खरिद गरिसकेको रिडी ग्रुपले बहु-प्राविधिक महाविद्यालय साथै एग्रो रिसोर्ट बनाउने गरि काम थालनी गरेको बताएको छ। चितवनमा निकट भविष्यमै ग्रुपको ५१ प्रतिशत लगानीमा साबुन उद्योग स्थापना गरिने अध्यक्ष बुढाको भनाई छ ।

कैलालीमा सम्भाव्यता अध्ययन गरि निकट भविष्यमै कर्पोरेट तहको व्यवसाय शुरु गर्नेपनि उनले बताए । ग्रुपले नेपालमा रहेका तथा बिशेष कारणले नेपाल बाहिर रहेका ब्रिटिश गोर्खा समुदायको ब्राण्डिङ्गमा काठमाडौँ उपत्यकामा पाँचतारे ‘गोर्खाज होटेल’ खोल्ने तयारी गरिरहेको छ।

अधिकृत पूँजी २ अर्ब रहने सो होटेलमा सुरक्षा, इमान्दारिता र बहादुरी जस्ता गोर्खाहरुको अन्तरराष्ट्रिय छवि र पहिचानलाई ब्राण्डिङ्ग गरिने योजना रहेको अध्यक्ष बुढाको भनाई छ । अध्यक्ष बुढाले भने,”यस बाहेक ग्रुपले कृषि, पर्यटन, बहुप्राविधिक महाविद्यालयको स्थापना, लघु उद्यमशिलतामा लगानी, ट्रेडिङ्ग तथा सुपरमार्केट र पानी प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य राखेको छ।”

रिडी ग्रुप लिमिटेडको अधिकृत पूँजी १ अर्ब रहेको छ भने जारी पूँजी ३१ करोड ३० लाख र चुक्ता पूँजी ३ करोड ३८ लाख ५० हजार रहेको छ। ६०७ जना यो ग्रुपका शेयर धनि रहेको छन् । यस ग्रुपको नेतृत्व साविक राप्ती क्षेत्रमा प्रतिष्ठत व्यवसायीको रुपमा चिनिएका ब्रिटिस गोर्खा सेनाका पूर्व क्याप्टेन मानबहादुर बुढाले गरिरहेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले २०७६ साल जेठ २३ गते उदघाटन गरेको रिडी ग्रुप लिमिटेडले २०७६ साल असाढ २१ गते प्रथम वार्षिक साधारण सभा गरेर सोही वर्षको पौष ५ गते दोस्रो वार्षिक साधारण सभा गरिसकेको थियो भने हालै तेस्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ ।

ग्रुपका सल्लाहकारहरुमा फाइनान्स विशेषज्ञ प्रा.डा.केशरजङ्ग बरालमगर, पूर्व अर्थ, उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन, लघु उद्यम विशेषज्ञ डा.लक्ष्मण पुन, पर्यटन विशेषज्ञ कर्ण शाक्य, संस्कृति  ज्ञाता तथा महिला उद्यमशिलताकि जानकार बमकुमारी बुढा, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगर, कानुन विशेषज्ञ अधिवक्ता मनबहादुर आले, चार्टड एकाउन्टेण्ट स्विटी अग्रवाल, राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र कृषि विशेषज्ञ डा.मदन कुमार राई रहेका   छन् ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशको राजधानी बनेपछि दाङको राप्ती गाउँपालिकामा गोरखा ग्रुपको पहिलो लगानी भित्रियो



प्रतिक्रिया दिनुहोस !