३ आश्विन २०८१, बिहिबार

विवेकशील साझा पार्टीले टुंग्यायो १८ वटा विभाग र त्यसका प्रमुख

प्रकाशित मिति :  14 January, 2021 5:54 pm


काठमाडौं । विवेकशील साझा पार्टीले १८ वटा विभागहरु गठन गरेको छ।

विवेकशील र साझा पार्टी एकीकृत भएपछि विभागहरु गठन गरेर प्रमुखहरुको समेत टुंगो लगाएको    छ । गत मंसिर २४ गते पुनः एकता गरेका विवेकशील साझा पार्टीले दुबै पक्षबाट ९–९ जना छानेको छ  ।

टुंगिएका विभाग अन्तर्गत प्रशासन सुधार विभाग प्रमुखमा किशोर थापा,संसदीय मामिला विभाग प्रमुखमा रमेश पौड्याल, कानुनी मामिला विभाग प्रमुख– निरुपमा यादव, कृषि तथा सहकारी विभाग प्रमुखमा हिरामणी पौडेल संगठन विभाग प्रमुखमा निर्देश सिलवाल, केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुखमा दीपक उप्रेती,समावेशीता विभाग प्रमुखमा रामपुकार महरा, प्रशिक्षण विभाग प्रमुखमा केशव दाहालले जिम्मेवारी पाएका छन् ।

यस्तै वातावरण तथा सम्पदा संरक्षण विभाग प्रमुखमा विराजभक्त श्रेष्ठ, कोष संकलन विभाग प्रमुखमा दिव्येश गिरी,उद्यमशिलता विभाग प्रमुखमा आशुतोष प्रधान,
सूचना तथा सञ्चार विभाग प्रमुखमा प्रकाशचन्द्र परियार,सदस्यता व्यवस्थापन विभाग प्रमुखमा लक्ष्मी घिमिरे,उद्यम–व्यवसाय विभाग प्रमुखरमेश महर्जनले जिम्मेवारी पाएका छन् ।

त्यस्तै अनुसन्धान विभाग प्रमुखमा डा.उमेद पुन,अभियान विभाग प्रमुखमा प्रमेश श्रेष्ठ, इन्द्रेणी विभाग प्रमुखमा समाइरा श्रेष्ठ,नीति विभाग प्रमुखमा सञ्जीव भट्टराईले जिम्मेवारी पाएको विवेकशील साझा पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !