५ आश्विन २०८१, शनिबार

देशभर र्दुइवटा मौसमी प्रणालीको प्रभाव

प्रकाशित मिति :  15 January, 2021 8:12 am


काठमाडौं । देशभर दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विघान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको र देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको महाशाखाको भनाई छ ।

आगामी तीन दिनको मौसम पूवानुमान सार्वजनिक गर्दै महाशाखाले देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 माघ २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ ।गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

माघ ३ गते (शनिबार)

दिउँसो :  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 माघ  गते (आइतबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । प्रदेश नं १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको विभिन्न भू-भागमा  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !