५ आश्विन २०८१, शनिबार

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

प्रकाशित मिति :  15 January, 2021 12:24 pm


काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नं.को ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उनले आग्रह गरे । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !