४ आश्विन २०८१, शुक्रबार

नेपाल इन्फ्रास्टक्चर बैंकको इतिहासमै ठूलो आइपिओ आजबाट खुल्यो

प्रकाशित मिति :  15 January, 2021 12:41 pm


काठमाण्डौं । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ आज शुक्रबार (माघ २ गते) देखि बिक्री खुला गरिएको छ । बैंकले माघ दुई गते देखि सर्वसाधारणका लागि ८ करोड कित्ता आइपीओ निष्कासन तथा विक्री खुला गरेको हो ।

कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।

प्रतिकित्ता रु. १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल तथा एपमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक सम्भावना छ। एक अध्ययनअनुसार धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ। नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर निस्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ । यो आइपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !