३ आश्विन २०८१, बिहिबार

पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेता बास्तोलासहितका नेतासँग कानुनविदहरुको भेट

प्रकाशित मिति :  15 January, 2021 12:45 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलासहितका नेताहरुसँग कानुनविदहरुले भेट गरेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएका वास्तोलासहितका नेताहरुलाई आज विहान नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका ककानुनविदहरुले भेट गरेका हुन् ।

बास्तोलालाई भेट्न बारका अध्यक्ष श्रेष्ठसहित वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल बारका केन्द्रीय सदस्यद्वय अधिवक्ताहरु खिमानन्द अधिकारी र प्रकाश महर्जन तथा सर्वोच्च अदालत वार एशोसिएसनका सदस्य अधिवक्ता कपिलचन्द्र पोखरेलले परिसरमा पुगेर भेटेका हुन् ।

केन्द्रीय सचिवालय सदस्य बास्तोलासहित ब्यूरो सदस्यहरु विवेक कुमाल र राजन रखाललाई प्रहरीले राजनीतिक प्रशिक्षणका क्रममा ललितपुरबाट अस्ति पक्राउ गरेको थियो । उनीहरुलाई आजै अदालत पेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !