३ आश्विन २०८१, बिहिबार

संसद विघटनको विरोधमा हुने प्रर्दशनमा सहभागि हुन कांग्रेसको आग्रह

प्रकाशित मिति :  15 January, 2021 1:01 pm


काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा हुने प्रर्दशनमा सहभागि हुन आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै भोली सबै स्थानीय तहमा हुने प्रर्दशनमा सहभागि हुन आग्रह गरेका हुन् । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले भोलि ७५३ वटैस्थानीय तहमा प्रर्दशन गरेको छ ।

सभापति देउवाले विज्ञप्तिमा भनेका छन्,संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको व्वस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ ।



प्रतिक्रिया दिनुहोस !