४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता सुरु गर्न २३ राजनीतिक संगठनको माग

प्रकाशित मिति :  15 January, 2021 1:21 pm


फाइल फोटो

काठमाडौं । नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीसहित २३ राजनीतिक संगठनले विप्लव नेतृत्वको नेकपासँग तत्काल बार्ता सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै २३ राजनीतिक संगठनले नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलासहितका पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गर्दै वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

उनीहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएको स्मरण समेत गराएका छन् ।

यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेपनि यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चार जनालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको उनीहरुको टिप्पणी छ ।

२३ राजनीतिक संगठनको तर्फबाट सी.पी. गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हामी २३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौं । ”



प्रतिक्रिया दिनुहोस !