४ आश्विन २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम हो भन्ने प्रधानमन्त्रीले नै स्वीकार गरिसके : पौडेल

प्रकाशित मिति :  15 January, 2021 1:45 pm


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेको दाबी गर्दै प्रर्दशनमा उत्रन आग्रह गरेका छन् ।

आज भिडियो अपिल जारी गर्दै पौडेलले भनेका छन्, “प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं, प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन् यो विधि विधानको कुरा होइन। यो त राजनीतिक निर्णय हो भन्या हुनाले उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले कबुल गरेका छन्, स्वीकार गरेका छन् ।”

पौडेलले यस्तो असंवैधानिक कामले देशलाई अन्धकारतर्फ लैजाने उल्लेख गर्दैै भनेका छन्,”प्रतिनिधि सभा विघटनले नेपालको संविधानमाथि क्षति पुगेको छ। ७० वर्ष लगाएर हामीले बल्ल बल्ल तयार गरेको, संविधानसभाबाट निर्माण गरेको र यो व्यवस्थाको बल्ल बल्ल टंगो लागेको थियो आज त्यसै माथि प्रहार भएको छ । र मुलुकलाई फेरि अस्थिरताको भूमरीमा फसाउने, मुलुकलाई संटक तर्फ धकेल्ने प्रपञ्च भएको छ ।”

जनताले विरोधमा आवाज उठाएर ओलीको कदम समयमै सच्याउनुपर्नेमा जोड दिए । उनले भनेका छन्,”जनताले समयमा डटेर विरोध गर्न सक्यौं भने यसको विरुद्धमा आवाज उठाउन सक्यौं भने यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ र यो समयमै सच्याइनुपर्छ ।” नेपाली कांग्रेसले भोली स्थानीय तहमा प्रर्दशन गर्दैछ ।

 



प्रतिक्रिया दिनुहोस !