४ आश्विन २०८१, शुक्रबार

मञ्जुश्री फाइनान्सद्धारा २३.५० % लाभांश स्विकृत

प्रकाशित मिति :  15 January, 2021 2:45 pm


काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १३ औंं वार्षिक साधारण सभाले २३.५० % लाभांश स्विकृत गरको छ ।

जस मध्ये नगद लाभांश ५.५% र वोनश शेयर १८ % रहेको   छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनीहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभापछि सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको उक्त कम्पनीले जनाएको छ । संस्थाको हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा छ भन न्यूरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !