५ आश्विन २०८१, शनिबार

रुकुम पूर्वका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना जुवा खालबाट पक्राउ

प्रकाशित मिति :  15 January, 2021 5:11 pm


दाङ । जिल्ला रुकुम पूर्वका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वलीसहित ५ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वलीसहित पुथा उत्तरगंगा ५ का सुभाष घर्तिमगर, वडा नम्वर १० का ६४ जितेन्द्र बुढामगर,रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ७ बस्ने ४२ वर्षीय लीलबहादुर पुन र मुसिकोट नगरपालिका १ बस्ने ३७ बर्षिय कमल गिरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

मुसिकोट १ पातुखोलामा रहेको भरत घर्तीमगरको घरमा जुवा खेलिरहेका बेला रुकुम पश्चिमबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो पक्राउ गरेको थियो । पक्राउ परेका जुवाडेबाट २५ हजार नगद र जुवा खेल्न प्रयोग गरिएका तीन गड्डी तास समेत बरामद गरेको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका ।



प्रतिक्रिया दिनुहोस !