५ आश्विन २०८१, शनिबार

समाचार प्रभाव : लुम्बिनी विकास कोषले एक घण्टामै वेबसाईटको विवरण सच्यायो

प्रकाशित मिति :  15 January, 2021 6:46 pm


काठमाडौं । लुम्बिनी विकास कोषले आफ्नो वेबसाईट अपडेट गरेको छ ।

राजीनामा दिएको २६ दिनसम्म पनि पूर्व संस्कृति, पयर्टन तथा नागरिक उड्यन मन्त्री तथा कोषका बोर्ड अध्यक्ष योगश कुमार भट्टराईको नाम वेबसाईटबाट हटाएको थिएन । तर लुम्बिनी सञ्चार डट.कम.ले समाचार प्रकाशित गरेपछि आज एक घण्टामै कोषले आफ्नो वेबसाईट अपडेट गरेको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले वेबसाईट अपडेट गरिएको जानकारी लिए । सचेत बनाएको भन्दै उनले लुम्बिनी सञ्चारलाई धन्यवाद समेत दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि प्रचण्ड -नेपाल समूहका ७ जना मन्त्रीहरुले पुस ५ गते नै राजीनामा दिएका थिए र राजीनामा दिने मध्यका एक थिए संस्कृति, पयर्टन तथा नागरिक उड्यन मन्त्री योगश कुमार भट्टराई ।

पर्यटन मन्त्री कोषका बोर्ड अध्यक्ष समेत रहने व्यवस्था छ । पर्यटन मन्त्रीको रुपमा भानुभक्त ढकाल पुस १० गते नै नियुक्त भइसकेका थिए । तर कोषको वेबसाईटमा भने आजसम्मपनि अध्यक्षको हैसियतमा तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराई नै राखिएको थियो ।

पर्यटन मन्त्री ढकालले बोर्ड अध्यक्षको हैसियतमा लुम्बिनी विकास कोषमा पुगेर जानकारी समेत लिइसक्दा कोषले आफ्नो वेबसाईटमा बोर्डका अध्यक्षबाट भट्टराईको नाम हटाएको थिए । तर आजै कोषको वेबसाइट अपडेट गरेको छ ।



प्रतिक्रिया दिनुहोस !